नियम ४०
केन्द्रको काम, कर्तव्य र अधिकार
केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) राष्ट्रिय खनिज नीतिको तर्जुमा गर्ने ।
(ख) खनिज पदार्थको संरक्षण, सम्बद्र्धन र विकास गर्न आवश्यक कार्यक्रमहरु तयार गरी लागु गर्ने, गराउने ।
(ग) खनिज उद्योगमा आईपरेका समस्याहरुको निराकरण गर्न आवश्यक कार्य गर्ने ।
(घ) खनिज पदार्थ सम्बन्धी अन्य प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, गराउने ।
(ङ) अन्य आवश्यक कार्यहरु गर्ने ।